१२ बैशाख २०८१, बुधबार

चितवनमा गोरखाकी कोरोना संक्रमित १९ वर्षीया युवतीको मृत्यु


भरतपुर अस्पताल

चितवन, कार्तिक १० । चितवन जिल्लामा गोरखाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित युवतीको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत गोरखाको बारपाक सुलिकोट गाउँपालिका-१ बस्ने १९ वर्षीय युवतीको आज मंगलबार ११ गते दिउंसो ३:४५ बजे कोरोना संक्रमणवाट मृत्य भएको हो ।

गत कार्तिक ६ गते श्वासप्रश्वाशमा समस्या भई उक्त अस्पतालको कोभिड आइसीयुमा भर्ना भएकी उनलाई कार्तिक ५ गते कोभिड-१९ संक्रमण पुष्टि भएको थियो । निजको स्वास्थ्य अवस्था थप जटिल हुदैं गएपछि भेन्टिलेटरमा राखी स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै आज उनको कोरोनाको कारणले निधन भएको अस्पतालले बताएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !