१३ बैशाख २०८१, बिहिबार

बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, कार्तिक १० । सुनसरीको धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत धरान उपहानगगरपालिका-१६ की ८३ वर्षीया वृद्धा महिला र मोरङको पथरी शनिश्चरे-३ का ६३ वर्षीय वृद्ध पुरुषको कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठका अनुसार उच्च रक्तचापका दीर्घरोगी धरान-१६ की वृद्धाको सोमबार बिहान ३:०५ बजे मृत्यु भएको हो । उनलाई गत मंगलबार कार्तिक ४ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

यस्तै मोरङको पथरी शनिश्चरेका वृद्धलाई कात्तिक १ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मधुमेहका दीर्घरोगी वृद्धलाई कात्तिक ४ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । दुवै मृतकको शव नियम अनुसार व्यवस्थापनको तयारी भइरहेको प्रतिष्ठानले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !