७ बैशाख २०८१, शुक्रबार

इलाममा पोखरीमा डुबेर १ जनाको मृत्यु


River_SWimming Bepatta

मङगलबारे, १० कात्तिक । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका-३ सुर्केका ७९ वर्षीय खम्बसिंह खत्री रहेको छ । गए राति घरबाट निस्कनुभएका खत्री आज बिहान पोखरीमा डुबेको अवस्थामा मृत फेला परेको वडाध्यक्ष दावा तामाङले जानकारी दिनुभयो ।

घर नजिकै सिँचाइका लागि निर्माण गरिएको करिब तीन फिट गहिरो पोखरीमा स्थानीयवासीले डुबेको अवस्थामा खत्रीलाई देखेपछि उनका परिवारलाई खबर गरेका थिए । घटनास्थलमा इलाका प्रहरी कार्यालय मङ्गलबारेबाट खटिएको प्रहरी टोलीले कानूनी प्रक्रिया पूरा गरी शव परीक्षणका लागि इलाम अस्पताल पठाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !