७ बैशाख २०८१, शुक्रबार

कास्कीको पोखरामा ४ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

पोखरा, कार्तिक ९ । गण्डकी प्रदेश कास्की जिल्लाको पाेखरा महानगरपालिकामा थप ४ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६३ पुगेको छ ।

स्वास्थ्य निर्देशनालय रामघाट पोखराका निर्देशक तथा गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माले आज बिहान २ पटकमा प्रेस बिज्ञप्ति गरी गर्दै ४ जनाको कोरोना संक्रमणवाट मृत्यु पुष्टि गरेका छन् । मृत्यु भएकाहरुमा ३ जना पुरुषहरु र १ जना महिला रहेकी छिन् ।

कोरोना संक्रमणवाट मृत्यु हुनेहरुको विवरण

१. कास्की जिल्ला, पोखरा महानगरपालिका-१५ का ५२ बर्षीय कोरोना संक्रमित महिलाको कार्तिक ८ गते राति १०:२० बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा दु:खद निधन भएको छ । | कोभिड-१९, निमोनियाको समस्या रहेका उनमा कार्तिक ८ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई कार्तिक ८ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

२. कास्की जिल्ला, पोखरा महानगरपालिका-१ का ४२ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ७ गते बेलुका ७:४५ बजे चरक मेमोरियल अस्पताल, पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको उनमा कार्तिक ३ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई असोज ३० गते उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

३. कास्की जिल्ला, पोखरा महानगरपालिका-२२ का ६८ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ८ गते बिहान ९:३० बजे गण्डकी मेडिकल कलेज, पोखरामा उपचारका क्रममा दु:खद निधन भएको छ । कोभिड-१९ सहित न्यूमोनियाको समस्या रहेको उनमा कार्तिक ६ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई कार्तिक ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।

४. कास्की जिल्ला, पोखरा महानगरपालिका-३१ का ५८ बर्षीय कोरोना संक्रमित पुरुषको कार्तिक ८ गते दिउसो ४:२५ बजे पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखराको आईसियुमा उपचारका क्रममा दु:खद निधन भएको छ । कोभिड-१९ सहित न्यूमोनिया, हाईपरटेन्सन र मधुमेहको समस्या रहेको उनमा कार्तिक ७ गते कोरोनाको संक्रमण पुष्टि भएको थियो । उनलाई कार्तिक ७ गते नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !