७ बैशाख २०८१, शुक्रबार

जनकपुरमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


मृत्यु

जनकपुर, ८ कात्तिक । जनकपुरमा गएराति कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ६५ वर्षीया एक महिलाको मृत्यु भएको छ । जनकपुर उपमहानगरपालिका-१ बस्ने ति महिलाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा गएराति मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निमित निर्देशक विजयकुमार झाले जानकारी गराए ।

एकाएक ज्वरोका साथै श्वास प्रश्वासमा कठिनाइ भएपछि ति महिलालाई शुक्रवार बिहान सो प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो । उनको श्वाबको सोही दिन परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । ति महिला उच्च रक्तचाप, मधुमेह र दमरोगबाट पीडित रहेको निमित निर्देशक झाले बताए ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !