१० कार्तिक २०७७, सोमबार

नेपाली काङ्ग्रेसका सदस्य पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु



मृत्यु

चितवन, १ कात्तिक । खैरहनी नगरपालिका वडा नम्बर १२ का वडा सदस्य ४९ वर्षीय बद्रीवहादुर पाण्डेको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । उहाँ क्यान्सर रोगबाटसमेत पीडित हुनुहुन्थ्यो ।

भरतपुर अस्पतालमा उपचारका क्रममा पाण्डेको गएराति मृत्यु भएको हो ।अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार उहाँमा असोज २८ गते सङ्क्रमण पुष्टि भएको थियो ।

आईसोलेसनमा रहनुभएकोमा उहाँलाई असोज ३० गते अस्पताल भर्ना गरिएको थियो । खोकी र श्वासप्रश्वासमा समस्या रहेको उहाँको क्यान्सरको तेस्रो केमो चलिरहेको अवस्थामा मृत्यु भएको हो ।

अस्पतालको कोभिड सघन उपचार कक्षमा भेन्टिलेटरमा राखी उहाँको उपचार भईरहेको थियो । उहाँ नेपाली काङ्ग्रेसबाट गएको स्थानीय तहको निर्वाचनमा विजयी हुनु भएको थियो ।

नेपाली काँग्रेस चितवनका जिल्ला सभापति जीतनारायण श्रेष्ठले पाण्डेको निधनमा गहिरो दुःख प्रकट गर्नुभएको छ । यस अघि जिल्लाकै भरतपुर महानगरपालिका वडा नम्बर २० का निर्वाचित वडा अध्यक्षको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

चितवन, कार्तिक १० । चितवन जिल्लामा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । भरतपुर अस्पतालमा

काठमाडौँ, कार्तिक १०। नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १५ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना

धरान, कार्तिक १० । सुनसरीको धरानमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जनाको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला

मङगलबारे, १० कात्तिक । इलामको देउमाई नगरपालिकामा पोखरीमा डुबेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा देउमाई नगरपालिका-३ सुर्केका