, बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

बीपी प्रतिष्ठानमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु

धरान, कात्तिक १ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा सुनसरीको धरान र झापाका कोरोना संक्रमित पुरुषहरु रहेका छन् ।

सुनसरी धरान १५ का ६५ वर्षीय संक्रमित वृद्ध पुरुषको पनि मृत्यु भएको छ । डा. श्रेष्ठका अनुसार गत बुधबार कोरोना पुष्टि भएका उनलाई बिहीबार उपचारका लागि अस्पताल भर्ना गरिएको थियो । वृद्धको मृत्यु शुक्रबार बेलुका ७ः४५ बजेतिर भएको प्रतिष्ठानले जनाएको छ ।

यस्तै झापाका ५६ वर्षीय पुरुषको शुक्रबार बेलुका ७ः४५ बजेतिर मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए । उनका अनुसार बिहीबार कोरोना पुष्टि भएपछि ती पुरुषलाई शुक्रबार नै बीपीको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।