१२ बैशाख २०८१, बुधबार

भरतपुर अस्पतालमा उपचाररत रौतहटकी कोरोना संक्रमित महिलाको मृत्यु


भरतपुर अस्पताल

चितवन, कार्तिक १ । चितवनमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित महिलाको मृत्यु भएको छ । भरतपुर अस्पतालमा उपचाररत रौतहटको माधवनारायण-७ बस्ने ७० वर्षीय महिलाको आज कार्तिक १ गते शनिबार बिहान ९:२५ बजे कोरोना संक्रमणवाट मृत्यु भएको हो ।

उनी असोज २९ गते ज्वरो, खोकी र श्वासप्रश्वाशमा समस्या भई, यस अस्पतालको आइसोलेसनमा भर्ना भएकी थिइन् । उनलाई असोज २८ गते कोभिड-१९ संक्रमण पुष्टि भई आइसोलेसनमा रहेकी थिइन् ।

उनकाे स्वास्थ्य अवस्था थप जटील हुदै गएपछि अक्सिजनको सहयतामा उपचारकाे सबै उपायहरु गर्दा गर्दै आज कार्तिक १ गते बिहान जटिल कोभिड-१९ निमोनियाको कारणले निधन भएकाे हो ।

यो पनि पढ्नुहोस्

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !