८ बैशाख २०८१, शनिबार

नेपाली काँग्रेसका पूर्वसांसद रायको निधन


हरिप्रसाद राय अमात

सप्तरी, १२ असोज । पूर्वसांसद एवं नेपाली काँग्रेस सप्तरीका पूर्व सभापति हरिप्रसाद राय अमातको ८५ वर्षको उमेरमा निधन भएको छ । मुटु, मिर्गौला र अल्सर रोगबाट पीडित अमातको धरानमा उपचारका क्रममा गएराति मृत्यु भएको परिवारका सदस्यले जानकारी दिएका छन् ।

सप्तरीको डाक्नेश्वरी नगरपालिकाको तरहीमा जन्मनु भएका उहाँ २०४८ सालमा नेपाली काँग्रेसको तर्फबाट सप्तरीको निर्वाचन क्षेत्र ३ बाट प्रतिनिधिसभामा निर्वाचित हुनुभएको थियो । पछि उहाँ तमलोपामा केन्द्रीय सदस्य बन्नुभएको थियो भने तमलोपालगायत मधेसमा राजनीति गरिरहेको पाँच दल एकीकरण भएर बनेको राजपामा उहाँ सक्रिय रहनुभएको थियो । उहाँका एक श्रीमती, दुई छोरा र दुई छोरी छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !