१२ बैशाख २०८१, बुधबार

कोरोना सङ्क्रमितको मृत्यु


शव अलपत्र

चितवन, १२ असोज । भरतपुर महानगरपालिका–७ का ५५ वर्षीय कोरोना सङ्क्रमित एक पुरुषको भरतपुर अस्पतालमा आज मृत्यु भएको छ । मिर्गाैलाको समस्या भई डायलासिस गरिरहेको अवस्थामा असोज ४ गते उहाँमा सङ्क्रमण पुष्टि भएको थियो ।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार खोकी र श्वासप्रश्वासमा समस्या भई असोज ७ गते अस्पतालमा भर्ना हुनु भएका उहाँलाई असोज ८ गतेदेखि कोभिड सघन उपचार कक्षमा राखेर उपचार थालिएको थियो । उहाँको उपचारकै क्रममा आज दिउँसो १ः२० बजे मृत्यु भएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !