७ बैशाख २०८१, शुक्रबार

कपिलवस्तुमा वडाध्यक्ष खरविन्दको निधन


मृत्यु

चन्द्रौटा, १० असोज । कपिलवस्तुको बुद्धभूमि नगरपालिका-१० का वडाध्यक्ष त्रिलोकीप्रसाद खरविन्दको निधन भएको छ । उहाँ तत्कालीन सङ्घीय समाजवादी पार्टीबाट वडाध्यक्ष निर्वाचित भएका थिए ।

दीर्घरोगबाट ग्रसित उहाँको उपचारको क्रममा आज बिहान निधन भएको परिवारले जनाएका छन् । वडाध्यक्षको निधनप्रति नगरप्रमुख केशवकुमार श्रेष्ठले श्रद्धाञ्जलि व्यक्त गरेका छन् । यसअघि गत भदौ १४ गते यसै नगरपालिका-७ का वडाध्यक्ष रामेश्वर सिंहको पनि उपचारकै क्रममा निधन भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !