१३ बैशाख २०८१, बिहिबार

ललितपुरमा थप २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

ललितपुर, असोज ७ । ललितपुर जिल्लाका थप २ कोरोना भाइरस (कोभिड-१९) संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ । ललितपुरका अल्का अस्पताल र मेघा अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको हो ।

मेघा अस्पताल धोबिघाट ललितपुरमा उपचाररत ललितपुर महानगरपालिका-२४ धापाखेलका ८० वर्षका पुरुषको हिजो मंगलबार साँझ ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ । उनी भदौ ६ गते अस्पताल भर्ना भएका थिए ।

साथै अल्का अस्पताल जावलाखेल ललितपुरमा उपचाररत पाटन-१६ का ७४ वर्षका पुरुषको आज बिहान सवा २ बजे मृत्यु भएको हो । मृतक पुरुष ज्वरो आएपछि भदौ १६ गते अस्पताल भर्ना भएका थिए ।

कलेजोमा समस्या भएका उनमा उपचारकै क्रममा कोरोना पोजेटिभ देखिएको थियो । अहिले दुबै मृतकको शव व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !