१२ बैशाख २०८१, बुधबार

‘हिम चितुवा’ उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन


आङरिता शेर्पाको निधन

काठमाडौं, असोज ५ । ‘हिम चितुवा’ उपमा पाएका कीर्तिमानी आरोही आङरिता शेर्पाको निधन भएको छ । उनको आज सोमबार बिहान १० बजे निजी निवास जोरपाटीमा ७२ वर्षको उमेरमा निधन भएको पासाङ ल्हामु फाउन्डेसनका महासचिव छेटु शेर्पाले जानकारी दिए ।

सोलुखुम्बुमा जन्मिएका आङरिताले बिना अक्सिजन १० पटक सगरमाथाको सफल आरोहण गरेर विश्व रेकर्ड बनाएका थिए । यही कारणले गर्दा उनलाई ‘हिम चितुवा’ उपनाम दिइएको थियो । उनले सन् १९८३ देखि सगरमाथा आरोहण थालेका थिए।

उनी लामो समयदेखि लिबर र ब्रेन सम्बन्धी रोगले ग्रसित थिए । उनको अन्त्यष्टि धार्मिक परम्परा अनुसार गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !