१२ बैशाख २०८१, बुधबार

चितवनमा कोरोना संक्रमणवाट ३१ वर्षीय युवकको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, असोज २ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमति थप १ जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत नवलपरासी पूर्व देवचुली नगरपालिका-११ का ३१ वर्षीय पुरुषको आज विहान १२ः१८ मा मृत्यु भएको अस्पतालका निर्देशक डा. दयाराम लम्सालले जानकारी दिए ।

पुरुषको सघन कक्षमा भेन्टिलेटरको सहायतामा उपचार भइरहेको थियो । गत भदौ २५ गते स्वासप्रश्वास तथा निमोनियाको समस्या भई उनी अस्पताल भर्ना भएका थिए । उनमा भदौ २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु