७ बैशाख २०८१, शुक्रबार

नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमित महिलाको मृत्यु


नारायणी अस्पताल

पर्सा, भदौ ३० । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसियुमा उपचाररत बाराको जितपुर सीमरा उपमहानगरपालिका-१४ डुमरवानाकी ५५ वर्षीया संक्रमित महिलाको सोमबार बेलुकी साढे ७ बजे मृत्यु भएको हो ।

उच्च ज्वरो, मधुमेह र हाइपरटेन्सनको समस्याले समेत ग्रसित ती महिलामा कडा खालको निमोनिया देखिएपछि २९ गते सोमबार बिहान सवा ११ बजे उनलाई नारायणी अस्पतालमा ल्याएर भर्ना गरिएको थियो । सोही दिन ती महिलाकोे पिसिआर परीक्षण गर्दा कोरोना पुष्टि भएको बताइएको छ ।

सोमबार उपचारकै क्रममा उनको स्वाब संकलन गरी जीन एक्सपर्ट विधिबाट कोरोना परीक्षण गर्दा पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६२ पुगेको छ । साउन यतामा मात्रै ५८ जनाको मृत्यु भएको हो ।

वीरगञ्जमा अहिलेसम्म कोरोनाका कारण मृत्यु भएका ६२ मध्ये २ बेवारिसे पुरुष सहित पर्साका ४३ जना, बाराका १४ जना , रौतहटका ४ जना र सर्लाहीका १ जना रहेका छन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !