७ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पतालमा उपचाररत पूर्वी नवलपरासीका कोरोना संक्रमितको मृत्यु


भरतपुर अस्पताल

नवलपुर, भदौ २३ । पूर्वी नवलपरासीमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । देवचुली नगरपालिका-१ का ६४ वर्षका १ जना पुरुषको आज साँझ ५:३० बजे निधन भएको भरतपुर अस्पताललाई उदृत गर्दै जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव प्रसाद चापागाईले जानकारी दिए ।

उनको केहि समयदेखि किडनी फेल भई डाइलासिस भई रहेको थियो। भदौ १७ गते कोरोना संक्रमण पुष्टि भएका उनी भदौ १९ गते कोरोना संक्रमण सहित खोकी र श्वासप्रश्वाशमा समस्या भई भरतपुर अस्पतालको कोभिड आइसीयुमा भर्ना भएका थिए ।

उनको स्वास्थ्य अवस्था थप जटिल हुदैँ गएपछि यस अस्पतालको कोभिड आइसीयुमामा राखी भेन्टिलेटर सहित उपचारका सबै उपायहरु गर्दा गर्दै आज २३ गते साँझ ५:३० बजे कोभिड-१९ निमोनियाको संक्रमणको कारणले निधन भएको हो । स्वाथ्यकर्मीको अथक प्रयासमा उपचार गर्दागर्दै मृत्यु हुन पुगेको अस्पतालले बताएको छ ।

योसँगै पूर्वी नवलपरासीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३ जना पुगेको छ । यसअघि विनयित्रीबेनी गाउँपालिका र गैंडाकोट गाउँपालिकाका एक १ जना गरी २ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !