८ बैशाख २०८१, शनिबार

धुलिखेल अस्पतालमा उपचाररत कोरोना संक्रमित पुरूषको मृत्यु


धुलिखेल अस्पताल

धुलिखेल, भदौ २० । काभ्रेको धुलिखेल अस्पतालमा उपचाररत एक कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरूषको मृत्यु भएको छ । काभ्रे स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा महोत्तरी बर्दिबासकी ७६ वर्षीय वृद्धको कोरोना संक्रमणवाट शनिबार बिहान ६ बजे मृत्यु भएको हो ।

उच्च रक्तचाप र श्वासप्रश्वासमा समस्या भएपछि १५ दिनअघि अस्पताल भर्ना भएका थिए । भर्ना भएकै दिन उनको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो । उनको शव व्यवस्थापन नेपाली सेनाले गर्ने तयारी गर्दैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !