४ बैशाख २०८१, मंगलबार

केन्द्रीय कारागारका ३ जना कैदीमा मृत्युपछि कोरोना संक्रमण पुष्टि


केन्द्रीय कारागार

काठमाडौं, भदौ १९ । केन्द्रीय कारागार सुन्धाराका ३ जना कैदीको मृत्युपछि कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भाद्र १६ गते मृत्यु भएका ३ जना कैदीको पीसीआर रिपोर्ट पोजेटिभ आएको हो । दीर्घरोगी रहेका ६०, ५० र ६४ वर्षका ३ जना पुरुषको वीर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुने कैदी बझाङ, पाल्पा र सिरहाका हुन । यसअघि मेघा अस्पतालमा मृत्यु भएका एक कैदीको पनि रिपोर्ट पोजेटिभ आएको थियो । योसँगै केन्द्रीय कारागारमा कोरोनावाट मृत्यु हुनेको कैदीको संख्या ४ जना पुगेको छ । कारागारका ५० जना भन्दा बढी कैदी र सोही संख्यामा प्रहरीमा पनि संक्रमण पुष्टि भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !