७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा थप २ जना कोरोना संक्रमितको मृत्यु


मृत्यु

बुटवल, १९ भदौ । रुपन्देही जिल्लामा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । आज बिहान ९ बजे मात्र लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका-८ का ७८ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।

रुपन्देहीको भैरहवामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृगौलाले काम नगरेपछि डायलासिस गराउनका लागि चितवन गएको बेला उनीमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा बसेका सिद्धार्थनगर नगरपालिका-८ भैरहवाका ४५ वर्षीय पुरुषको शुक्रबार बिहान मृत्यु भएको भएको स्वास्थ्य कार्यालय रुपन्देही स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपनि उनको मृत्यु कोरोनाले भएको वा अन्य कुनै कारणले त्यो खुलेको छैन ।

त्यस्तै बुटवलको गौतमबुद्ध मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिकाका-७ का ६४ वर्षीया महिलाको कोरोना संक्रमणवाट मृत्यु भएको छ । ती महिलाको शुक्रवार बिहान ८ : ४५ बजे मृत्यु भएको हो । भदौ ४ गते मुटु अस्पतालमा भर्ना भएकी उनमा भदौ १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उच्च रक्तचाप, मधुमेह, मृगौला रोग र निमोनियाको समस्या देखिएपछि उनलाई भदौ ४ गतेदेखि नै आईसीयूमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि पनि बिरामीको भेन्टिलेटरमै उपचार भइरहेको अवस्थामा शुक्रबार बिहान मृत्यु भएको अस्पतालले विज्ञप्ति जारी गरी जानकारी गराएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !