७ बैशाख २०८१, शुक्रबार

धनुषामा मृत्यु भएका भारतीयमा कोरोना संक्रमण पुष्टि


मृत्यु

जनकपुर १९ भदौ । धनुषामा मृत्यु भएका भारतीय नागरिकमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । उनी धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फोर्मुलेसन प्रालिमा कार्यरत ६५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको छ ।

भारतको आन्ध्रप्रदेशको विशाखापटनम घर भई धनुषामा कार्यरत ६५ वर्षीय पुरुष कम्पनीकै आवास गृहमा बिहीबार बिहान मृत फेला परेका थिए । मृत्यु हुनु भन्दा २-४ दिन पहिले हल्का ज्वरो तथा खोकी लागेकाले मृतकको कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो ।

उनको शवलाई बिहीबार नै धनुषाको महेन्द्रनगरमा रहेको श्री श्रीनाथ गणबाट खटेको सेनाको टोलीले क्षीरेश्वरनाथ नगरपालिका-९ इच्छापुरस्थित जल्लाद खोलाको किनारमा कोभिडको शव व्यवस्थापन कार्यविधि अनुसार व्यवस्थापन गरिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !