७ बैशाख २०८१, शुक्रबार

वीर अस्पतालमा १७ वर्षीय कोरोना संक्रमित युवकको मृत्यु


वीर अस्पताल

काठमाडौँ, भदौ १७ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट वीर अस्पतालमा १७ वर्षीय युवकको मृत्यु भएको छ । सर्लाही निवासी उनको आज बुधबार बिहान मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

आत्महत्या प्रयास गरेका ती युवकलाई उपचारका लागि १० गते वीरमा भर्ना गरिएको थियो । अस्पताल भर्ना भएका उनको ट्राभल हिस्ट्री अनुसार कोरोना परीक्षण गराइएको थियो । परीक्षणमा ती युवक कोरोना पोजिटिभ भएको देखिएको छ ।

उनलाई कुनै दीर्घ रोग नभएको बताइएको छ । मृतकको शव व्यवस्थापनका लागि सीसीएमसीमा खबर गरी सकिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !