, आमाको मृत्यु भएको ५ दिनमा कोरोना संक्रमित छोराको पनि मृत्यु

आमाको मृत्यु भएको ५ दिनमा छोराको पनि कोरोना संक्रमणबाट मृत्यु

आमाको मृत्यु भएको ५ दिनमा कोरोना संक्रमित छोराको पनि मृत्यु

भक्तपुर, भदौ १७ । आमाको मृत्यु भएको ५ दिनपछि छोराको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । ललितपुरकाे पाटन अस्पतालमा उपचाररत भक्तपुरका कोरोना संक्रमित मध्यपुर थिमि नगरपालिका-७, नगदेशका ४० वर्षीय पुरुषको गएराति ९ बजे निधन भएको पाटन अस्पतालका स्रोतले जानकारी दिएको हो ।

५ दिनअघि मात्र ती पुरुषकी ६२ वर्षीया आमाको पनि सोही अस्पतालमा कोरोनाकै कारण मृत्यु भएको थियो । संक्रमित पुरूषमा १५ दिनअघि कोरोना पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भए लगतै उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । त्यसपछि आमालाई संक्रमण देखिएको थियो ।

मृतकको परिवारका अन्य ६ जनामा पनि कोरोना संक्रमण देखिएको छ । उनीहरु होम आइसोलेशनमा छन् । युवकको बुधबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।