७ बैशाख २०८१, शुक्रबार

त्रिवि शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


शिक्षण अस्पताल

काठमाडौं, भदौ १७ । काठमाडौंमा २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको हिजो मंगलबार साँझ मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको हो ।

अस्पताल स्रोतका अनुसार मृत्यु हुनेमा तनहुँ स्थायी घर भएकी २० वर्षीया युवती रहेकी छिन् । युवती किड्नी फेल भएर डायलासिस गराउँदै आएकी थिइन् ।उनलाई संक्रमण पुष्टि भएपछि मंगलबार नै कोभिड वार्डमा सारिएको थियो।

साथै अर्का मृत्यु हुनेमा काठमाडौंको मैतिदेवीका ७५ वर्षीय वृद्ध रहेका छन् । उनी भदौ १५ गते अस्पताल भर्ना भएका थिए । मधुमेह र रक्तचापको समेत रोगी रहेका उनलाई पहिलो दिनदेखि नै आइसियूमा भर्ना गरिएको थियो ।

अस्पताल स्रोतका अनुसार ती वृद्धको आइसियूमै उपचारको क्रममा मृत्यु भएको जनाए । दुबै मृतकको शव नेपाली सेनाको टोलीले व्यवस्थापन गर्ने तयारी गरेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !