, वीरगञ्जमा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु

वीरगञ्जमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु

वीरगञ्जमा कोरोना संक्रमणबाट १ जना पुरुषको मृत्यु

वीरगञ्ज, भदौ १६ । पर्सा जिल्लाको वीरगञ्जमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । नारायणी अस्थायी वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा विगत १७ दिनदेखि उपचाररत वीरगञ्ज महानगरपालिका-२० हरपतगन्जका ५३ वर्षीय पुरुषको गएराति १२:४५ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत साउन ३१ मा उनलाई कोरोना अस्पतालमा भर्ना गरिएको थियो । साउन ३० मा स्वाब संकलन गरी परीक्षण गर्दा साउन ३१ गते ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमित ती पुरुष मधुमेह र मिर्गौलाका बिरामी थिए । पछिल्लो समयमा उनमा श्वासप्रश्वासको समेत समस्या देखिएको थियो ।