११ बैशाख २०८१, मंगलबार

चितवन मेडिकल कलेजमा थप १ जना कोरोना संक्रमितको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौं १६ । चितवन मेडिकल कलेजमा थप १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१५ का ५८ वर्षीय पुरुषको आज मंगलबार विहान २ः५२ बजेको समयमा मृत्यु भएको हो ।

अस्पतालका निर्देशक डा. दयाराम लम्सालले दिएको जानकारी अनुसार ती पुरुषलाई कडा खालको निमोनिया र श्वासप्रश्वासको समस्या देखिएपछि आइसीयूमा भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । ती पुरुषमा हिजो सोमबार मात्रै कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई उपचारका लागि भदौं १४ गते चितवन मेडिकल कलेजमा ल्याइएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !