७ बैशाख २०८१, शुक्रबार

रुपन्देहीमा होम आइसोलेशनमै बसेकी कोरोना संक्रमित महिलाको मृत्यु


मृत्यु

रुपन्देही, १५ भदौ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ । तिलोत्तमा नगरपालिका-५ की ६८ वर्षीया महिलाको गए राति ९ बजे मृत्यु भएको तिलोत्तमा नगरपालिकाका प्रवक्ता सुरेन्द्रश्रीले जानकारी दिए ।

यही भदौ ११ गते कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि होम आइसोलेशनमै बसेकी महिलालाई स्वास्थ्यमा समस्या आएपछि भैरहवास्थित भीम अस्पतालमा लैजाने क्रममा बाटामै मृत्यु भएको हो । शव अस्पतालमै रहेको नगरपालिकाले जनाएको छ । उहाँको आजै नेपाली सेनाको टोलीले शव व्यवस्थापन गरिने बताइएको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !