७ बैशाख २०८१, शुक्रबार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


भरतपुर अस्पताल

चितवन, भदौ १५ । चितवनको भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित वृद्धको मृत्यु भएको छ । अस्पतालको कोभिड-१९ क्लिनिकल टिमका संयोजक डा. प्रमोद पौडेलले एक प्रस बिज्ञप्ति जारी गर्दै भरतपुर महानगरपालिका-६ का ७८ वर्षीय वृद्धको आज बिहान ७:२० बजे कोरोना संक्रमणले मृत्यु भएको हो ।

भदौ २ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई श्वासप्रश्वासमा फेर्न समस्या भएपछि ६ गते उपचारका लागि भरतपुर अस्पतालको कोभिड सघन उपचार कक्षमा भर्ना गरिएको थियो । स्वास्थ्यमा समस्या भएका उनलाई भरतपुर अस्पतालको आइसियूसहित भेन्टिलेटरमा राखेर उपचार गर्दा पनि बचाउन नसकिएको अस्पतालले जानकारी दिएको छ ।

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित वृद्धको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !