१३ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमणवाट सप्तरीकी १ जना महिलाको मृत्यु


महिलाको मृत्यु

राजविराज, भदौ १४ । सप्तरी जिल्लाकी कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना महिलाको मृत्यु भएको छ । राजविराज नगरपालिका-२ तेतरीगाछीकी ६० वर्षीया एकल महिलाको शनिबार राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जानकारी दिएको छ ।

बिरामी भएपछि शुक्रबार गजेन्द्रनारायण सिंह अस्पतालको आकस्मिक कक्षमा भर्ना भएकी उनको तत्कालै स्वाब संकलन परीक्षण गर्दा रिपोर्ट शनिबार साँझ पोजेटिभ आएको थियो । ५ दिन अघिदेखि ज्वरो आइरहेकी ती महिलाले निमोनियाबाट ग्रसित महिलामा अक्सिजन कम भएर स्वास्थ्य अवस्था गम्भीर भएको थियो ।

तर शनिबार राति ८ बजेतिर उपचारकै क्रममा सास फेर्न गाह्रो भएपछि ती महिलालाई थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान रेफर गरिएको थियो । धरानतर्फ लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको गजेन्द्रनारायण सिंह अस्पताल स्रोतले जानकारी दिएको छ । मृत्यु लगत्तै नेपाली सेनाको टोलीले सप्तरीको राजविराजस्थित खाँडो खोलामा उनको शवको व्यवस्थापन गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु