१२ बैशाख २०८१, बुधबार

चितवन मेडिकल कलेजमा थप १ जना कोरोना संक्रमित पुरुषको मृत्यु


चितवन मेडिकल कलेज

चितवन, भदौं १३ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । चितवन मेडिकल कलेजमा उपचाररत पूर्वी नवलपरासीको विनयी त्रिवेणी-६ का ६२ वर्षीय पुरुषको आज शनिबार साँझ ५ः५० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

गत भदौं ४ गते निमोनिया भएर अस्पताल भर्ना भएका ती पुरुषलाई आइसीयूमा भेन्टिलेटरको सहायतामा राखेर उपचार गरिएको थियो । पोखरामा गरिएको कोरोना परीक्षणमा ती पुरुषको आज दिउँसो कोरोना रिपोर्ट पोजिटिभ आएको थियो । यसअघि आज विहान उक्त कलेजमा बाराका १ जना महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !