१२ बैशाख २०८१, बुधबार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना महिलाको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ १३ । पर्सा जिल्लाको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना महिलाको मृत्यु भएको छ । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत वीरगञ्ज-१२ मुर्लीकी ६५ वर्षीया महिलाको मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

श्वासप्रश्वासमा समस्या भएपछि शुक्रबार दिउँसो २ बजेतिर अस्पतालमा भर्ना भएकी महिलामा कोरोना संक्रमण पुष्टि भएको थियो । न्युन रक्तचापको समस्याले ग्रसित उनलाई पखाला पनि लागेको थियो ।

उपचारको क्रममा साँझ साढे ७ बजेतिर उनको मृत्यु भएको अस्पतालले जनाएको छ । योसँगै वीरगञ्जमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४६ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु