६ बैशाख २०८१, बिहिबार

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


भरतपुर अस्पताल

चितवन, भदौं १२ । चितवनमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट आज थप १ जना पुरुषको मृत्यु भएको छ । भाइरस संक्रमणवाट भरतपुर अस्पतालमा उपचाररत गोरखाको आबुखैरहनी-१३ का पुरुषको मृत्यु भएको हो ।

भरतपुर अस्पतालको कोभिड आइसीयूमा उपचाररत गोरखा आबुखैरहनी-१३ निवासी ३८ वर्षीय पुरुषको आज शुक्रबार दिउँसो २ः३० बजे मृत्यु भएको अस्पतालका कोभिड-१९ क्लिनिकल कोअर्डिनेटर डा. प्रमोद पौडेलले जानकारी दिए । ती पुरुषलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर भदौं ६ गते भरतपुर अस्पतालमा भर्ना भएका थिए ।

भदौं १० गते कोरोना भाइरस संक्रमण पुष्टि भएपछि उनलाई कोभिड आइसीयूमा स्थानान्तरण गरिएको थियो । यही क्रममा उनमा निमोनिया देखिएपछि अवस्था गम्भिर बनेको थियो । उनलाई आज मात्रै भेन्टिलेटरको सहायतामा उपचार गर्दा गर्दै दिउँसो मृत्यु भएको डा. पौडेलले जानकारी दिए ।

योसंगै चितवनमा आज एकैदिन ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यसअघि आज विहान चितवन मेडिकल कलेजमा उपचाररत हेटौंडा-१९ की ७१ वर्षीया महिला र श्री पुष्पाञ्जली अस्पतालमा उपचाररत भरतपुर-२ का ५१ वर्षीय पुरुषको मृत्यु भएको थियो ।

भरतपुर अस्पतालमा उपचाररत कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !