६ बैशाख २०८१, बिहिबार

काठमाडौँको शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका पुरुषमा कोरोना पुष्टि


शिक्षण अस्पताल

काठमाडौँ, भदौ १२ । काठमाडौंको महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएका उदयपुरका ५२ वर्षीय पुरूषमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । गत भदौ ९ गते मृत्यु भएका उनको हिजो बिहीबार बेलुकी रिपोर्ट आउँदा कोरोना पोजेटिभ देखिएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनलाई गत ९ गते नै अस्पताल भर्ना गरिएको थियो । सोही दिन आइसियूमा राखेर उपचार गर्ने क्रममा उनको मृत्यु भएको अस्पतालले जनाएको छ । उनलाई निमोनियाको समस्या देखिएपछि परिवारले उदयपुरबाट टिचिङ अस्पताल ल्याएका थिए । कोरोना शंकामा उनको सोही दिन स्वाब संकलन गरिएकोमा मृत्युपछि रिपोर्ट आएको हो ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !