१३ बैशाख २०८१, बिहिबार

बुटवलको कोरोना अस्पतालमा उपचाररत थप १ जना पुरुषको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

बुटवल, भदौ १२ । रूपन्देही जिल्लाको बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत १ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । भदौ ७ गते भर्ना भएका तिलोत्तमा-८ का ६० वर्षीय पुरुषको बिहीबार राति साढे २ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए ।

अस्पताल स्रोतका अनुसार पहिले उनको अवस्था सामान्य थियो तर भदौ १० गतेबाट भेन्टिलेटरमा राखी उपचार थालिएको थियो । फोक्सोमा समस्या भई श्वासप्रश्वासमा समस्या आएर उनको मृत्यु भएको हो । चिकित्सकका अनुसार ती व्यक्ति मधुमेहका समेत रोगी थिए ।

बुटवलको कोरोना अस्पतालमा उपचाररत थप १ जना पुरुषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !