१२ बैशाख २०८१, बुधबार

बीपी प्रतिष्ठान धरानमा उपचाररत ३ जना कोरोना संक्रमितको मृत्यु


धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ १२ । सुनसरी जिल्लाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ३ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । कोरोना संक्रमणवाट मृत्यु हुनेहरुमा २ जना पुरुष र १ जना महिला रहेको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले बताएका छन् ।

झापा जिल्लाका कोरोना संक्रमित १ जना बृद्धको मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कमल गाउँपालिकाका-३ केर्खा बजारका ८३ वर्षीय बृद्धको कोरोना संक्रमण हिजो बिहीबार राति ११ वजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । साथै उनी उच्च रक्तचाप, मधुमेह, अल्प रक्त कोशिका र मिर्गौलाको दीर्घकालीन समस्याबाट पनि पीडित थिए । उनको अस्पतालमै डायलायसिस गरिएको थियो । उपचारकै क्रममा उनको मृत्यु भएको हो ।

यस्तै मोरङ जिल्लाकी कोरोना संक्रमित ५६ वर्षीया महिलाको धरानमा मृत्यु भएको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत मोरङको बेलबारी-५ की ती महिलाको आज बिहान विहान ३:१४ बजे मृत्यु भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । उनमा अत्यधिक खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या थियो । उनको दीर्घकालीन रोगबारे जानकारी नभएको र आफन्तसँग सम्पर्क हुन नसकेको प्रतिष्ठान स्रोतले बताएको छ । उनको मृत्युसँगै बेलबारीमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या १ पुगेको छ भने संक्रमितिको संख्या २२ भएको छ ।

साथै सुनसरी जिल्लाको धरानमा सिरहाका कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचाररत सिरहाको सुखीपुर नगरपालिका-८ का ५८ वर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानको मेडिसिन वार्डमा गत भदौ ६ गते भर्ना भएका उनमा भदौ ७ गते कोरोना पुष्टि भएको थियो । उनको हिजो बिहीबार साँझ निधन भएको प्रतिष्ठान स्रोतले जानकारी दिएको छ । मृतक पुरुषमा उच्च रक्तचाप भएको र २० वर्षअघि क्षयरोग भएर १८ महिना औषधि सेवन गरेको स्वास्थ हिष्ट्री रहेको बताइएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु