८ बैशाख २०८१, शनिबार

भक्तपुरमा मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि


मृत्यु

भक्तपुर, भदौ १२ । भक्तपुरमा हिजो बिहीबार राति मृत्यु भएकी ६४ वर्षीया महिलामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका-३ गठ्ठाघरकी ६४ वर्षीया महिलाको मृत्युपछि कोरोना संक्रमण पुष्टि भएको हो ।

बिहीबार दिउँसो ती महिलालाई नागरिक कम्युनिटी अस्पताल गठ्ठाघर ल्याइ पुर्‍याउँदा मृत्यु भइसकेको र पीसीआर परीक्षण गराउँदा कोरोना संक्रमण पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी उच्च रक्तचापको बिरामी समेत रहेकी थिइन् ।

कोरोना संक्रमणवाट मृत्यु भएकी ती महिलाको कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएकाले पीसीआर परीक्षण गराउदा बिहीबार राति नै कोरोना संक्रमण पुष्टि भएको थियो । मृतक महिलाको प्रत्यक्ष सम्पर्कमा आएका चिकित्सकसहित ५ स्वास्थ्यकर्मीलाई आइसोलेसनमा राखिएको छ ।

महिलाको निधन भएपछि नागरिक कम्युनिटी अस्पताल सील गरिएको छ । उनको शवको व्यवस्थापन वीर दल गण सूर्यविनायकको टोलीले गर्ने जिल्ला प्रशाशन कार्यालय भक्तपुरले जानकारी दिएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !