१३ बैशाख २०८१, बिहिबार

धनुषामा मृत्युपछि १ जना पुरुषमा देखियो कोरोना संक्रमण


पुरुषको शव फेला

जनकपुर, भदौ ११ । धनुषा जिल्लामा मृत्युपछि १ जना पुरुषमा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका-४ बस्ने ४५ वर्षीय पुरुषमा मृत्युपछि कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ जनस्वास्थ्य प्रशासक विजय कुमार झाले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरमा हिजो भदौ १० बुधबार भर्ना भएका ती पुरुषको हिजै मृत्यु भएको थियो । उनको स्वाब लिई परीक्षण गर्दा आज उनमा कोरोना संक्रमण देखिएको हो । मृतक क्षयरोग तथा मधुमेहका रोगी थिए । यससँगै धनुषामा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !