१३ बैशाख २०८१, बिहिबार

बुटवल कोरोना अस्पतालमा उपचाररत २ जना कोरोना संक्रमितको मृत्यु


बुटवल कोरोना विशेष अस्पताल

रुपन्देही, भदौ ११ । रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पतालमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित २ जनाको मृत्यु भएको छ । योसंगै अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ८ जना पुगेको छ ।

कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु नगरपालिका-१ का ५० वर्षीय पुरुषको हिजो बुधबार राति मृत्यु भएको छ । भदौ ५ गते कोरोना पोजेटिभ देखिएपछि अस्पताल भर्ना भई भेन्टिलेटरको सहायतामा उपचार गराइरहेका उनमा उच्च रक्तचाप, मधुमेह र रक्तअल्पता जस्ता समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । कोरोना संक्रमण पुष्टि भएपछि ५ दिनअघि अस्पताल भर्ना भएका गरिएको थियो ।

यस्तै गत भदौ १ गते अस्पतालमा भर्ना भएकी रुपन्देहीको तिलोत्तमा नगरपालिका-२ जानकी नगरकी ७० वर्षीया महिलाको आज बिहीबार बिहान मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । साउन २६ मा संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेसनमै बसेर उपचार भएको थियो । तर स्वास्थ्यमा समस्या १ गते अस्पतालमा भर्ना गरिएको थियो ।

मृतक महिलालाई ५ गते भेन्टिलेटरमा राखिएको थियो भने ७ गते कोरोना निको भएका बिरामीबाट प्लाज्मा समेत दिइएको थियो । मृत्यु भएकी बिरामीमा कोरोना भएपछि भएको निमोनियाका कारण मृत्यु भएको हो । लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार उनमा श्वासप्रश्वास, उच्च रक्तचाप, थाइराइडको समस्या रहेको थियो ।

अस्पतालमा अहिले १५ बिरामी आईसीयूमा छन् जसमध्ये ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । यी २ जनाको मृत्युसँगै प्रदेश ५ मा कोरोनाबाट मृत्यु हुनेको संख्या २५ पुगेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु