१२ बैशाख २०८१, बुधबार

पोखरामा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु


मृत्यु

पोखरा,  भदौ ११ । कास्की जिल्लाको पोखरामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट ३२ वषीय महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको आइसोलेसन कक्षमा उपचाररत पोखरा-११ की ती महिलामा भदौ ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उनको आज बिहान ८ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सह.प्रा.डा. अर्जुन आचार्यले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएका छन् । कोरोना संक्रमित महिलामा अन्य कुनै दिर्घ रोग पनि थिएन । उनीको कुनै ट्राभल हिस्ट्री देखेको छैन । तनहूँको बन्दिपुर पुरानो घर भई पोखरा-११ चापपानीमा बसिरहेकी थिइन् ।

योसँगै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ जना पुगेको छ भने गण्डकी प्रदेशमा कोरोनाबाट निधन हुनेको संख्या ८ पुगेको छ । भदौमा कोरोनाले मृत्यु भएको यो तेस्रो घटना हो । मृतक महिलाको शव व्यवस्थापनको तयारी भइरहेको छ ।

पोखरामा कोरोना संक्रमणबाट ३२ वषीय महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु