६ बैशाख २०८१, बिहिबार

वीरगञ्जमा बाराका २ जना कोरोना संक्रमित पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ १० । पर्सा जिल्लाको वीरगञ्जमा बाराका २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमित पुरुषको मृत्यु भएको छ । वीरगञ्जको नारायणी अस्थायी वीरगन्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत बाराका थप २ जना कोरोना संक्रमित पुरुषको हिजो मंगलबार राति मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कोरोना संक्रमणवाट मृत्यु हुनेमा बाराको कलैया उपमहानगरपालिका-१ निवासी ७० वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषमा श्वासप्रश्वास, निमोनिया, उच्च रक्तचाप लगायतको समस्या देखिएको थियो । गत भदौ २ गते भर्ना भएका ती वृद्धको मंगलबार राति ८ बजेर ५ मिनेटमा मृत्यु भएको हो ।

साथै बाराको विश्रामपुर गाउँपालिका-१ छतवाका ४२ वर्षीय पुरुषको मृत्यु भएको हो । ती पुरुषको हिजो मंगलबार राति पौने ११ बजेको मृत्यु भएको हो । अस्पताल स्रोतका अनुसार मिर्गौलाका बिरामी रहेका ती पुरुष मंगलबार नै कोरोना अस्पतालमा भर्ना भएका थिए ।

यसअघि मंगलबार बिहान बाराकै २ जना कोरोना संक्रमितको नारायणी अस्थायी गण्डक कोरोना अस्पतालमा मृत्यु भएको थियो । वीरगञ्जमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या ४२ पुगेको छ ।

 


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !