८ बैशाख २०८१, शनिबार

विराटनगरमा कोरोना संक्रमणबाट महोत्तरीका पुरुषको मृत्यु


टिपरको ठक्करबाट प्रहरी हबल्दारको मृत्यु

विराटनगर, भदौ १० । मोरङ जिल्लाको विराटनगरस्थित न्युरो अस्पतालमा उपचाररत १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट मृत्यु भएको छ । महोत्तरी घर भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा हिजो मंगलबार राति ११ बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

अस्पताल स्रोतका अनुसार टाउकोको नसा सुकेर हातखुट्टा एवं शरीर चलाउन नसक्ने अवस्था आएपछि ती पुरुषलाई उपचारका लागि गत साउन ३१ गते अस्पतालमा भर्ना गरिएको थियो । कोरोनाको आंशकामा उनको भदौ ३ गते स्वाब संकलन गरी परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा भदौ ७ गते रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना रिपोर्ट पोजेटिभ आएपछि पुरुषलाई संक्रमितको उपचारका लागि अस्पतालले तयार गरेको आइसोलेसनमा भर्ना गरेर भेन्टिलेटरमा उपचार गर्ने काम भइरहेकोमा बचाउन धेरै प्रयास गरेपनि नसकिएको अस्पताल स्रोतले जानकारी दिएको छ । मृतकको शव व्यवस्थापनका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको र सम्भवत नेपाली सेनाले गर्नेछ ।

यो पनि पढ्नुहोस्

विराटनगरमा कोरोना संक्रमणबाट १ जना महिलाको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !