७ बैशाख २०८१, शुक्रबार

बारामा कोरोना संक्रमणवाट थप २ जना पुरुषको मृत्यु


मृत्युु

बारा, ९ भदौ । बारा जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट थप २ जना पुरुषको मृत्यु भएको छ । वीरगञ्जस्थित गण्डक कोभिड अस्पतालमा उपचारको क्रममा उनीहरुको मृत्यु भएको हो ।

बाराको महागढीमाई नगरपालिका-४ मल्हनीटोल बस्ने ५९ वर्षीय पुरुषको मृत्यु भएको हो । भदौ ४ गते कोरोना संक्रमण पुष्टि भएका उनी भदौ ५ गते गण्डक कोभिड अस्पतालमा भर्ना भएका थिए । दुवैतर्फ फोक्सोमा कडा खालको निमोनिया देखिएका उनलाई आईसीयूमा राखेर उपचारको क्रममा आज मंगलबार बिहान १० बजे मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

यस्तै विश्रामपुर गाउँपालिका-५ औरयाटोलका ७२ वर्षीय अर्को पुरुषको मृत्यु भएको हो । भदौ ६ गते कोरोना संक्रमण पुष्टि भएका ती वृद्ध घरमै आइसोलेसनमा थिए । स्वास्थ्यमा समस्या आएपछि भदौ ८ गते गण्डक कोभिड अस्पतालमा उपचारका लागि ल्याइएकोमा भदौ ९ गते मंगलबार बिहान साढे ६ बजे मृत्यु भएको हो ।

योसँगै बारामा कोरोना संक्रमणवाट १३ जनाको मृत्यु भइसकेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !