६ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमणवाट काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको निधन


गोविन्द रञ्जितको निधन

काठमाडौँ, भदौ ९ । कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट काठमाडौंका नेपाली कांग्रेसका नेता गोविन्द रञ्जितको निधन भएको छ । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको कोभिड विशेष अस्पतालमा उपचाररत उनको आज मध्यान्ह १२:१७ बजे मृत्यु भएको हो ।

नेपाली कांग्रेस काठमाडौं महानगरपालिका-२१ का इकाइ सभापति ६७ वर्षीय रञ्जित १ साता अगाडि कोरोना संक्रमण पुष्टि भएपछि उपचार गराइरहेका थिए । उनका परिवारका सदस्यमा पनि कोरोना देखिएको छ ।

उनका परिवारका अन्य सदस्य पनि आइसोलेसनमै रहेका छन् । मृतक निमोनियाबाट समेत ग्रसित रहेको चिकित्सकहरुले बताएका छन् । उनको शव नेपाली सेनाले अन्त्येष्टि गर्ने जानकारी प्राप्त भएको छ ।

वि.सं. २०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका स्वर्गीय रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेका नेपाली काँग्रेसले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् । सभापति देउवाले उनमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै आत्माको चिर शान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनमा नेपाली कांग्रेस र आफ्नो व्यक्तिगत तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

कोरोना संक्रमणवाट काठमाडौंका कांग्रेस नेता गोविन्द रञ्जितको निधन


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !