७ बैशाख २०८१, शुक्रबार

कैलालीमा आइसोलेसनमै रहेकी १ जना महिलाको मृत्यु


महिलाको मृत्यु

धनगढी, भदौ ९ । कैलाली जिल्लामा आईसोलेसनमा रहेकी १ जना महिलाको मृत्यु भएको छ । कैलालीको घोडाघोडी नगरपालिका-११ को आईसोलेसनमा रहेकी ३५ बर्षीया महिलाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलाली स्रोतका अनुसार उनी मृगौला रोगबाट ग्रस्त थिईन् । घोडाघोडी नगरपालिका स्रोतका अनुसार मृतकको स्थायी घर बझाङ हो भने केही दिन अगाडि मात्रै भारतबाट परिवारसहित घोडाघोडी पुगेकी हुन् ।

श्रीमान र छोरासहित घोडाघोडीमा आफन्तको घर आएकी थिईन् । श्रीमान र छोरामा कोरोना देखिएपछि महिलालाई पनि वडा नम्वर ११ को आईसोलेसनमा राखिएको थियो । सोमवार साँझ उनको मृत्यु भएको छ । मृतकको कोरोना परीक्षण गर्न स्वाब संकलन गरिने भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !