६ बैशाख २०८१, बिहिबार

भक्तपुरमा बुटवलका कोरोना संक्रमित १ जना पुरुषको मृत्यु


सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर

भक्तपुर, भदौ ८ । भक्तपुरमा बुटवलका कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जना पुरुषको मृत्यु भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरमा उपचाररत बुटवल उपमहानगरपालिका-११ महादेव पथका ५४ वर्षीय पुरुषको आइतबार दिउँसो मृत्यु भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।

उनी मिर्गौला रोगी समेत थिए । मिर्गौला पीडित ती पुरुषलाई डायलाइसिस गर्न आइतबार बिहान अस्पताल ल्याएको र उपचारकै क्रममा मृत्यु भएको हो ।मृतकको शव नेपाली सेनाको शव व्यवस्थापन टोलीले व्यवस्थापन गरेर पशुपतिस्थित विद्युतीय शवदाह गृहमा दाहसंस्कार गरेको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !