७ बैशाख २०८१, शुक्रबार

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु


विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान

धरान, भदौ ७ । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना भाइरस (कोभिड-१९) संक्रमित १ जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका-८ का ६८ वर्षीय १ जना पुरुषको आइतबार बेलुका साँझ ६ बजेर ३५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले जानकारी दिएका छन् ।

२९ साउनमा कोरोना पुष्टि भएपछि उनी ३० साउनमा प्रतिष्ठान भर्ना भएका थिए । मृतकमा उच्च रक्तचाप, मधुमेह र स्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

अवस्था गम्भीर बनेपछि उनको प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको थियो । मृतक पुरुष बीपीमा प्लाज्मा थेरापी गरिएका पहिलो संक्रमित हुन् ।

बीपी प्रतिष्ठान धरानमा उपचाररत कोरोना संक्रमितको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !