, रुपन्देही बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

रुपन्देही बुटवलमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु

बुटवल, भदौ ७ । रुपन्देही जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणवाट २ जनाको मृत्यु भएको छ । बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल उपचाररत २ जनाको मृत्यु भएको प्रदेश ५ को स्वास्थ्य निर्देशनालयले एक प्रेस बिज्ञप्ति जारी गर्दै जानकारी दिएको छ ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत बुटवल-१ की ६७ वर्षकी महिलाको आज दिउँसो १ बजे मृत्यु भएको अस्पतालले जनाको छ । साउन ३१ गत कोभिड-१९ को संक्रमण पुष्टि भई अस्पतालमा भर्ना भएकी उनलाई स्वास-प्रस्वासमा समस्या दीर्घ रोगी, रक्तचाप तथा मिर्गौलासम्बन्धी रोग भएकोसमेत अस्पतालले जनाएको छ। उनलाई कोभिड-१९ विशेष अस्पतालको सघन उपचारकक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

साथै रुपन्देहीकै समसरीमाई-२ मुडुलाका ३८ वर्षका पुरुषको पनि बुटवल कोभिड विशेष अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ। भदौ १ गत संक्रमण पुष्टि भई स्वासप्रस्वासमा समस्या भएपछि उनलाई सघन कक्षमा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उपचारकै क्रममा दिउसो १: १० बजे उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

लुम्विनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको धागो कारखानास्थित कोभिड विशेष अस्पतालमा १६ जना संक्रमितको सघन उपचारकक्षमा उपचार भइरहेको थियो। जसमध्ये २ जना भेन्टिलेटरमा थिए । भेन्टिलेटरमा भएका दुबैको मृत्यु भएको हो ।

आइतबार दूई जना संक्रमितको मृत्यु भएसँगै अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ। यसअघि कपिलवस्तुका २ जना र प्युठानका १ जनाको अस्पतालको सघन उपचार कक्षमा उपचारका क्रममा मृत्यु भएको थियो ।

रुपन्देहीमा कोरोना संक्रमणबाट २ जनाको मृत्यु