१२ बैशाख २०८१, बुधबार

वीरगञ्जमा कोरोना संक्रमणबाट थप १ जना पुरुषको मृत्यु


मृत्यु

वीरगञ्ज, भदौ ५ । पर्साको वीरगञ्जमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप १ जना पुरुषको मृत्यु भएको छ । गण्डक बहुअरीस्थित वीरगञ्ज हेल्थ केयर कोरोना अस्पतालमा उपचाररत वीरगञ्ज महानगरपालिका-१० रानीघाट निवासी ४८ वर्षीय कोरोना संक्रमितको पुरुषको आज शुक्रबार दिउँसो सवा १ बजे मृत्यु भएको छ ।

बिगत ६ दिनदेखि उक्त अस्पतालमा उपचार गराईरहेका उनी पुराना मुटु रोगी हुनुका साथै हाइपरटेन्सन र उच्च रक्तचापबाट समेत पीडित रहेको बुझिएको छ । ती पुरुषको स्वास्थ्य बिग्रिएपछि आफन्तले साउन ३१ मा नारायणी अस्पताल लगेका थिए । सोही दिन नारायणीको आईसीयूमा भर्ना गरिएको थियो ।

साउन ३२ मा उनको पीसीआर रिपाेर्टमा कोरोना पुष्टि भएपछि थप उपचारका लागि कोरोना अस्पताल रेफर गरिएको थियो । योसँगै वीरगन्जमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३३ पुगेको छ। साउनमा मात्रै २९ जनाको मृत्यु भएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !