१३ बैशाख २०८१, बिहिबार

नारायणी अस्पतालमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका १ जना पुरुषको मृत्यु


नारायणी अस्पताल

वीरगञ्ज, भदौ ५। कोरोना भाइरस (कोभिड-१९) संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका रौतहटका १ जना पुरूषको उपचारको क्रममा वीरगञ्जमा मृत्यु भएको छ । रौतहटको ईशनाथ नगरपालिका-९ डुमरिया बस्ने ५५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

कोरनासंग मिल्दोजुल्दो लक्षण देखिएका रौतहटका एक पुरूषको उपचारको क्रममा मृत्यु भएको छ । शिवदर्शन सेन्ट्रल अस्पताल रौतहटले थप उपचारका लागि वीरगंज रेफर गरिएको ५५ वर्षिय निजामुदिन अंसारीको उपचारको क्रममा आज शुक्रबार बिहान मृत्युु भएको नारायणी अस्पतालले जनाएको छ ।

ज्वरो, रूघाखोकी, झाडापखाला, श्वासप्रश्वासमा समस्या लगायतको सेन्टम उनमा देखिएको अस्पताल स्रोतले बताएको छ । अबेर राति अन्तिम अवस्थामा नारायणी अस्पतालको अकास्मिक कक्षमा आएका उनको उपचारको क्रममै विहान मृत्युु भएको हो ।

मृतकमा कोरोना संक्रमण छ वा छैन् भन्ने यकिन गर्न स्वाब संकलन गरिएको छ । आज साँझसम्म रिपोर्ट आउने नारायणी अस्पतालको पिसिआर ल्याबले जनाएको छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !