६ बैशाख २०८१, बिहिबार

कोरोना संक्रमणबाट पाटन अस्पतालमा उपचाररत २ जनाको मृत्यु


पाटन अस्पताल

काठमाडौँ । ललितपुर जिल्लाको पाटन अस्पतालमा उपचाररत २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले शुक्रबार विज्ञप्ति जारी गर्दै १ जना महिला तथा १ जना पुरूषको कोरोना संक्रमणवाट मृत्यु भएको जनाएको छ।

कोरोना संक्रमणवाट मृत्यु हुने महिला दोलखा निवासी रहेको र उनको उमेर ३० वर्ष रहेको विज्ञप्तिमा उल्लेख छ । उनी भदौ २ गते उपचारका लागि पाटन अस्पतालमा भर्ना भएकी थिइन् । ती महिलामा कोभिड-१९ बाहेक पाठेघर वरपर गम्भीर संक्रमणको समस्या पनि रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

साथै मृतक पुरूष सर्लाही, मलंगवाका हुन् । ४६ वर्षे उनको पनि आजै बिहान मृत्यु भएको हो । ती पुरुषलाई भने कोरोना बाहेक अन्य कुनै गम्भीर प्रकृतिको रोग नदेखिएको अस्पताल स्रोतले जानकारी दिएको छ । उनी साउन ३१ गतेदेखि उपचाररत थिए । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसको आधिकारिक पुष्टि गर्न भने बाँकी छ ।

जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र, ललितपुरले शुक्रबार विज्ञप्ति


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !