११ बैशाख २०८१, मंगलबार

बुटवलमा कोरोना संक्रमणबाट १ जना पुरूषको मृत्यु


मृत्यु

बुटवल, भदौ ५। बुटवल धागो कारखानास्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा उपचाररत १ जना पुरुषको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ । प्यूठानको स्वर्गद्वारी नगरपालिका-७ सोत्रेका ६४ वर्षीय पुरुषको शुक्रबार बिहान ६:३० बजे मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल स्रोतले जानकारी दिएको छ ।

साउनको अन्तिम साता भारतबाट रोजगारी गरेर फर्किएका गौतम नगरपालिकाले बनाएको क्वारेन्टिनमा बसेका उनको स्वाबको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएपछि प्यूठानमै उपचार भइरहेकामा ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनी भदौ १ गते राती आईसोलेसन अस्पतालमा भर्ना भएका थिए ।

मृतकमा कोरोना संक्रमणसँगै दम र उच्च रक्तचापको समेत समस्या रहेको अस्पताल स्रोतले बताएको छ । दमको समस्याको कारण श्वासप्रस्वासमा समस्या देखिएपछि उनलाई आईसियूमा उच्च निगरानीमा राखि उपचार भइरहेको थियो ।

यससँगै उक्त अस्पतालमा उपचारका क्रममा मृत्यु हुनेको संख्या ३ पुगेको छ । अस्पतालमा हाल आईसीयूमा ११ जना उपचाररत छन् भने आइसोलेसनमा २० जना रहेका छन् ।

बुटवलको कोरोना अस्पतालमा उपचाररत प्यूठानका संक्रमित १ जना पुरूषको मृत्यु


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !